अमृत र लसताको आइफोनबाटै देउन चुम्मा

काठमाडौं । गायक अमृतकुमार भट्ट र गायिका लसता जोशीको स्वरमा रहेको ‘आइफोनबाटै देउन चुम्मा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा समिर खान र अमृता भट्ट फिचर्ड छन् । बजारमा डान्सिङ गीतहरुको माग बढी रहेको अवस्थामा आम दर्शक तथा श्रोताको लागि भिन्न किसिमको गीत प्रस्तुत गरिएको छ ।

गीतमा युवायुवतीबीचको प्रेम प्रसंगलाई समेटिएको छ । अमृता भट्टको शब्द तथा अमृतकुमार भट्टको संगीत संयोजन गीतमा रहेको छ । भिडियोमा सुशील डाँगीको छायांकन, निशान एस केको सम्पादन तथा निर्देशन छ ।