लकडाउनमा शोभितको फिल्म स्टुडियो

काठमाडौं । कोरोना महामारीलाई रोक्न भन्दै सरकारले देशभर लकडाउन लगाएको पनि झन्डै दुई महिना बढी भइसक्यो । पछिल्लो समयमा मान्छेहरु घरबाहिर निस्कन थालेपनि त्यसअघि घरमै बन्धक झैं बसिरहेका थिए । नेपाली फिल्मकर्मीहरुको अवस्था पनि उस्तै रह्यो । भलै यो समयलाई सदुपयोग गर्दै केही फिल्मकर्मीले चित्रकारिता गरे भने केहीले सामाजिक काम पनि गरे ।

तर निर्देशक शोभित बस्नेत भने यो मामलामा फरक निस्किए । अन्य समयमा व्यस्त रहने यी निर्देशकले लकडाउनको मौका छोप्दै आफ्नै घरमा सुटिङ स्टुडियो बनाए । थानकोटमा रहेको उनको एक तले घरमा दुई तला थपेर सुटिङ स्टुडियो बनाएका छन् । शोभितका अनुसार स्टुडियो निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

करिब एक करोडको लागतमा निर्माण भइरहेको स्टुडियोमा अहिले फिनिसिङको काम भइरहेको छ । शोभितले फिल्ममा मध्यवर्गीय परिवारको दृश्य र घर देखाउन लोकेसनको अभाव भइरहेको समयमा स्टुडियोले त्यसलाई परिपूर्ति गर्ने बताए ।

शोभित सुटिङ स्टुडियोमा लिभिङ रुम, बार, रेस्टुरेन्ट, बाथरुमलगायतको सुविधा छ । शोभितले निर्माण तथा निर्देशनमा टेलिसिरियल कुल खानदान’ रमाइलो टिभी बाट प्रसारण भइरहेको छ भने फिल्म ‘बद्रीबहादुर’ प्रदर्शनको तयारीमा छ । शोभितले हालसम्म ३० बढी फिल्मको निर्देशन गरिसकेका छन् ।