कोरोना संक्रमणले पुरुष प्रजनन क्षमता खतरामा

बेइजिङ(एजेन्सी) । चीनका वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणले पुरुषको प्रजनन क्षमतामा असर पर्ने दाबी गरेका छन् । उनीहरुले कोरोना भाइरसले पुरुषको अण्डकोषमा नोक्सान पुर्याउने बताउँदै यसले अण्डकोषमा बन्ने स्पर्मको गुणस्तरमा असर पुर्याउने जनाएका छन् ।

चीनमा टफ्ट्स यूनिभर्सिटी र गोंगई मेडिकल कलेजका शोधकर्ताहरुले पुरुषको अण्डकोषमा भाइरसको प्रमाण पाएका छन् । उनीहरुले कोरोना भाइरसबाट संक्रमित मानिसको टेस्टिकल्समा स्पर्म जन्माउने कोशिकाहरुमा परिवर्तन देखिएको बताएका छन् । जसले स्पर्मको गुणस्तरलाई खराब बनाउने गर्दछ ।

वैज्ञानिहरुले कोरोना संक्रमणका कारण मानव शरीरमा सेमीनीफेरसको नोक्सान हुने बताएका छन् । जसकारण पुरुषमा स्पर्मको कमी हुनसक्छ । वैज्ञानिकहरुले संक्रमण सेक्सबाट फैलन सक्छ या सक्दैन भन्ने विषयमा पनि अनुसन्धान गरिरहेका छन् ।

केही अनुसन्धानकर्ताहरुले कोरोना भाइरस पुरुषको टेस्टिकल्समा आफ्नो अड्डा बनाउने गरेको दाबी गरेका छन् । त्यसकारण हालका दिनमा मानिसहरुलाई स्पर्म डोनेट नगर्न उनीहरुले सुझाएका छन् ।