ह्याप्पी बर्थ डे अमरीश पुरी

मुम्बई(एजेन्सी) । मुम्बईमा जो कलाकार संघर्ष गर्न आउछन्, उसको दिमागमा जहिल्यै पनि अभिनेता बन्ने चाहना हुन्छ । तर जहिल्यै यसे हुँदैन । मुम्बईमा हिरो बन्न आएका अमरीश पुरीमाथि पनि यस्तै भयो ।

सन् १९३२ जून २२ मा पाकिस्तानको लाहोरमा जन्मिएका अमरीशले सन् २००५ को जनवरी १२ मा संसार छोडे । तर उनले आफ्नो पछाडि एउटा खलनायकको बिरासत छोडे । आफ्नो करियरमा झन्डै ४ सय फिल्ममा अभिनय गरिसकेका अमरीशका केही सम्झनालायक चरित्र आज पनि उत्तिकै हिट छ । फिल्म ‘मिस्टर इण्डिया’मा रहेको उनको ‘मोगेम्बो’ चरित्र अत्याधिक रुचाइएको चरित्र हो । अझ उनको संवाद ‘मोगेम्बो खुश हुआ’ आज पनि उत्तिकै लोकप्रिय छ । सन् १९८७ मा रिलिज भएको यो फिल्ममा अमरीशको भूमिका सम्झनालायक भूमिकामा पर्दछ ।

सन् १९९२ मा रिलिज फिल्म ‘तहल्का’मा उनले बोलेको संवाद ‘डङ कभी रङ नहीं होता’ पनि लोकप्रिय छ । यो फिल्ममा उनले डङको भूमिका निभाएका थिए । अमरीश भिलेनका रुपमा अलग अलग भूमिकामा देखिए । यस्तै एक भूमिका उनले श्रीदेवीको फिल्म ‘नगीना’मा निभाएका थिए । जसमा उनी सपेराको भूमिकामा थिए । उनको संवाद ‘अलक निरंजन बोलत’ आज पनि उत्तिकै लोकप्रिय छ ।

अमरीशले जुन जुन फिल्ममा भिलेनको चरित्र निर्वाह गरे, ती फिल्ममा उनको नाम निकै भिन्न छन् । जस्तो कि फिल्म ‘करण अर्जुन’मा उनले निभाएको दुर्जन सिंह चरित्र उत्तिकै हिट थियो । फिल्ममा उनले पैसाका लागि आफ्नो दाईको हत्या गर्ने चरित्र निभाएका थिए । अनिल कपुर र अमरीश पुरी एकसाथ फिल्ममा देखिँदा ती फिल्म निकै हिट भए । ‘मिस्टर इण्डिया’ पछि उनीहरुको जोडी फिल्म ‘नायक’मा देखियो । फिल्ममा अमरीश मुख्यमन्त्रीको भूमिकामा थिए । उनको र अनिल कपुरको अन्तरवार्तावाला दृश्य आज पनि उत्तिकै हेरिन्छ ।