आफ्नै छात्राको १ सय ६० अश्लील भिडियो बनाएपछि…

सिंगापुर(एजेन्सी) । सिंगापुरका एक शिक्षकमाथि छात्राहरुको १ सय ६० बढी अश्लील भिडियो बनाएको आरोप लागेको छ । यो कुराको खुलासा हुनासाथ ४७ वर्षे शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गत जून २३ मा यी शिक्षकमाथि महिलाहरुको गोपनियताको अपमान गरेको र समाजमा अश्लीलता फैलाएको आरोप लागेको थियो ।

समाचार अनुसार पीडितहरुको पहिचान लुकाउनका लागि सम्बन्धित विद्यालयको नाम सार्वजनिक गरिएको छैन । आरोपीले अप्रिल २०१५ देखि २०१८ जुलाईसम्मको अवधिमा १ सय ६८ वटा अश्लील भिडियो रेकर्ड गरेका थिए । यीमध्ये केही भिडियोलाई शिक्षकले भाइरल बनाएका थिए । आरोपीले अप्रिलदेखि अक्टोबर २०१५ का बीचमा आठ युवतीहरुको १५ भन्दा बढी पटक अश्लील भिडियो बनाएका थिए । यसबाहेक जून २०१६ मा आरोपीले दोस्रो आठ युवतीहरुको नौ भिडियो रेकर्ड गरेका थिए । यसैगरी सन् २०१७ को जुलाईदेखि नोभेम्बरका बीच ३२ महिलाको १ सय ५ भिडियो क्लिप रेकर्ड गराएका थिए ।

प्रहरीले आरोपितको कर्तुतको पोल कसरी खुल्यो भन्ने कुरा केही बताएको छैन । अदालतमा यो मामलाको सुनुवाई जारी छ । आरोपी दोषी ठहरिए एक वर्षको जेल सजाय वा जरिवाना वा दुवै सजाय हुनसक्छ । आरोपीले आफ्ना छात्राहरुको भिडियो बनाउने अलावा फेब्रुअरी २०१७ मा आफ्नो एक महिला छिमेकीको भिडियो पनि बनाएका थिए । यसको ठीक एक महिनापछि आरोपीले एक सपिङ मलमा अपरिचित महिलाको भिडियो बनाएका थिए । आरोपीलाई जुलाई १४ मा अदालतमा पेश गरिनेछ ।

सिंगापुरको शिक्षा मन्त्रालयका अनुसार आरोपीले अब कुनै पनि विद्यालयमा पढाउन पाउनेछैन । उसलाई जुलाई २०१८ बाट नै निलम्बन गरिएको थियो । यदी अदालतले उनीविरुद्ध लागेको आरोप प्रमाणित गरेमा मन्त्रालयले उनलाई बर्खास्त पनि गर्नसक्नेछ ।