गीतमा मार्यो नि कोरोनाले मार्यो

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा समसामयिक विषयवस्तुमा रहेर मौलिक सिर्जना गर्ने क्रम बढ्दो छ । गायक रञ्जन थापा र गायिका रोजनिता थापाको स्वरमा ‘मार्यो नि कोरोनाले मार्यो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

समसामयिक विषयवस्तुलाई र समाजभित्रको वास्तविकतालाई गीतमा व्यक्त गरेको गायक रञ्जनले बताए । मुलुक अप्ठ्यारोमा परेको अवस्थामा पनि अकुत सम्पत्ति जम्मा गर्नेको विरुद्धमा गीतमा व्यंग्य गरिएको छ । प्रतिक शाक्यको संगीत र प्रविण शाक्यको एरेन्ज गीतमा रहेको छ ।