मुम्बई(एजेन्सी) । कोरोना महामारीका कारण सरकारले लागु गरेको लकडाउनमा बढेको बिजुलीको बिलबाट आम मानिस चिन्तित त थिएन नै, अब बलिउडका सेलिब्रेटीहरु पनि यो समस्याबाट मुक्त भएनन् । बलिउडका अभिनेता तथा अभिनेत्रीहरुको बिजुलीको बिल यति धेरै उठेको छ कि उनीहरु आफै चकित भएका छन् ।
अभिनेत्री तापसी पन्नूको अप्रिल महिनाको बिल ४ हजार ३ सय ९०, मे महिनाको ३ हजार ८ सय ५० र अहिले जूनको बिल ३६ हजार रुपैंयाँ आएको छ । अर्की अभिनेत्री रेणुका शहाणेको अप्रिल महिनाको बिजुलीको बिल ५ हजार ५ सय १० रुपैंयाँ आएको छ । जबकी मे र जूनको बिल उनलाई २९ हजार ७ सय दिइएको छ ।
3 months of lockdown and I wonder what appliance(s) I have newly used or bought in the apartment only last month to have such an insane rise in my electricity bill. @Adani_Elec_Mum what kind of POWER r u charging us for? pic.twitter.com/jZMMoxDMgj
— taapsee pannu (@taapsee) June 28, 2020
त्यस्तै अभिनेत्री हुमा कुरैशीले गत महिना ६ हजार रुपैंयाँको बिलको पैसा जम्मा गरेकी थिइन् । जबकी यो महिना उनलाई ५० हजारको बिल थमाइएको छ । कमेडियन वीर दास, लेखक वरुण ग्रोवर पनि सामाजिक सन्जालका माध्यमबाट यसका विरुद्ध आवाज उठाइरहेका छन् ।
यो मामलामा बिजुली कम्पनी अडानी इलेक्ट्रिसिटीले विज्ञप्ती जारी गर्दै स्पष्टीकरण दिएको छ । ‘हामीले फिजिकल मिटर रिडिङ फेरी शुरु गरेका छौं । मार्च महिनामा केही समयका लागि कोभिड–१९ कारण रोक लगाएका थियौं । तीन महिना(डिसेम्बर, जनवरी र फेब्रुअरी) यी चिसो महिनाको बिल औसत आधारमा तयार गरिएको थियो । जुन निकै कम थियो । गर्मीका कारण अप्रिल मे र जूनमा यसको अपेक्षा खपत र उपयोगिता(लकडाउन वर्क फ्रम होमका कारण) बढी देखियो । अब ग्राहकहरुलाई उचित टेरिफ स्लेब लाभका साथ उनको वास्तविक खपतका आधारमा बिल दिन शुरु गरिएको छ’, कम्पनीले भनेको छ ।