मुम्बई(एजेन्सी) । बलिउड अभिनेता, निर्माता तथा निर्देशक करण जोहारको च्याट शो ‘कफी विद करण’ जहिल्यै विवादको घेरामा परिरहन्छ । अब भने यो शोको बारेमा एउटा नयाँ खबर सार्वजनिक भएको छ । जुन खबरले यो शोप्रति आशक्त हुने फ्यानका लागि दुःिखत बनाउन सक्छ ।
समाचार अनुसार करणको यो शो अब प्रसारण नहुने भएको छ । करणको यो शो प्रसारण गर्ने च्यानल स्टारवल्र्ड भारतमा प्रसारण नहुने भएको छ । जसकारण करणको शो संकटमा परेको हो । ‘भारतबाट स्टारवल्र्डलाई बन्द गर्ने योजना पछिल्ला केही वर्षदेखि चलिरहेको थियो । तर स्टारवल्र्डले करणको च्याट शोलाई आफ्नै दोस्रो च्यानलबाट प्रसारण गर्ने निर्णय लिएको थियो । तर यो च्याट शोलाई लिएर भएको तमाम विवादलाई मध्यनजर राख्दै र खास गरी अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि उनको विषयमा उठेको विवादलाई मध्यनजर गर्दै स्टारले आफ्नो च्यानलमा यो शो नदेखाउने निर्णय लिएको छ’, च्यानल निकट स्रोतले भन्यो ।
त्यसो भए के करणको विवादित प्रश्नहरु अब दर्शकले हेर्न र सुन्न पाउँदैनन् त ? अहिले बलिउडमा यो प्रश्न उठ्न थालेको छ । त्यसो त करणका विवादित प्रश्नका कारण धेरै सेलिब्रेटीहरु समस्या र विवादमा तानिएका छन् । दीपिका पादुकोण, सोनम कपूर, आलिया भट्ट, रणवीर कपूर र क्रिकेटर हार्दिक पाण्डेयलाई यो शोमा बोलेको विवादित कुराका कारण प्रतिबन्ध नै लगाइएको थियो ।
रणवीरले एकपटक आफूले उनको शोमा आउन नचाहेको बताएका थिए । ‘म र अनुष्का यसको विरोध पनि गथ्र्यौ । यो शोलाई रोक्नका लागि हामी पूरा फिल्म उद्योगलाई एकसाथ ल्याउँदैछौं । किनकी यो शो सही छैन । उनीहरु हामीलाई पैसा बनाउछन् । हामीहरु उसको शोमा आउँछौं र उनको प्रश्नको कारण हामी समस्यामा पर्छौ । यो काम सही छैन’, रणवीरले भनेका थिए ।
विशेष गरी करणको व्यक्तिगत साथी नभएका कलाकारका लागि यो शो निकै घातक बन्ने गरेको छ । किनकी करण त्यस्तै कलाकारका बारेमा अनेक प्रश्न सोध्ने गर्दछन् । करणले रेपिड फायर सेशनको समयमा आलियासँग एक प्रश्न सोधेका थिए, जसमा आलियाले ‘किल’का लागि सुशान्तलाई छनोट गरेका थिए । यही शोको अर्को एक भागमा करणले अभिनेत्री सोनम कपुरलाई प्रश्न सोध्दा सोनमले ‘को सुशान्त सिंह राजपूत’ भनेकी थिइन् ।