सुन्दरको पापिनीले गयौ छलेर

काठमाडौं । गायक सुन्दर परियारको स्वरमा रहेको ‘पापिनीले गयौ छलेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मायालु जोडीको विरहलाई समेटिएको छ ।

रमेश विजीको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना रहेको गीतको भिडियोमा प्रेमिकाको चोटमा जीवन बिताउनु पर्दाको क्षणलाई देखाइएको छ ।

दिपक गिरीको छायांकन, अमृत चापागाईँको सम्पादन तथा एल बिजीको निर्देशन रहेको भिडियोमा सम्झना कँडेल, आशिर प्रताप र अर्जुन कुँवरको अभिनय रहेको छ ।