लायन्स क्लव ग्लोबल आइको रक्तदान

ललितपुर । लायन्स क्लव ग्लोबल आइले रक्तदान कार्यक्रम गरेको छ । ललितपुरको मानभवनमा लायन्स क्लव ग्लोबल आइले मानभवन व्याडमिन्टन क्लव र वृग्रेड ब्याएज क्लवको सहआयोजनामा बुधबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लव ग्लोबल आइले प्रतिकुल परिस्थितिमा पनि रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष अमर बान्तुले बताए । कार्यक्रममा पचास भन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए ।

कार्यक्रम मल्टिपल जीएसटी कोअडिनेटर लायन अनन्तप्रसाद भेटवाल, सेकेन्ड डिस्टिक गभर्नर लायन कर्मा गुरुङ, चार्टर प्रेसिडेन्ट तथा प्रोग्राम कोअडिनेटर लायन हरि दाहाललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पचासजना भन्दा बढी व्यक्तिले रक्तदान गरेको उक्त कार्यक्रममा नाइजेरियन तीन जना खेलाडीले पनि रक्तदान गरेका थिए ।

समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लव ग्लोबल आइले कोरोना सङ्क्रमणलाई नियन्त्रण र रोकथाम गर्नका लागि गरिएको लकडाउनका समयमा अप्ठायारोमा परेका धेरैलाई सहयोग तथा राहत प्याकेज वितरण गरेको थियो ।