किरण र स्मृतिको माया मिठो ललितपुरेको

काठमाडौं । गायक किरण गौतम र गायिका स्मृति गौतमको लोक दोहोरी गीत ‘माया मिठो ललितपुरेको’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द किरण गौतम र सुदिप घिमिरे, लय किरण गौतम, एरेन्ज विष्णु तामाङ, स्वर किरण गौतम, स्मृति गौतम, साबित्री श्री र देवेन्द्र घिमिरे, मिक्सिङ कुमार सानु पुनको रहेको छ ।

शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।