चर्चामा सुशान्तका डुप्लिकेट सचिन

मुम्बई(एजेन्सी) । समय समयमा सामाजिक सन्जालमा नसोचेका कुराहरु भाइरल भइरहन्छन् । अहिले भारतीय सामाजिक सन्जालमा एउटा यस्तै तस्बिर भाइरल भइरहेको छ । जुन तस्बिरलाई हेर्दा मान्छेहरुले दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको स्मरण गराउछ ।

सुशान्तको स्मरण गराउने व्यक्ति सचिन तिवारी हुन्, जसको अनुहार सुशान्तसँग मिल्दो जुल्दो छ । उनको अनुहार मात्र होइन, चालढाल र नृत्यको मुभ पनि सुशान्तसँग मिल्दो छ । केही मानिसहरु सचितनलाई मनपराइरहेका छन् भने केहीले उनको ट्रोल बनाइरहेका छन् । उनलाई प्रेम या घृणा गरे पनि मानिसहरुले उनलाई हेर्न छोडेका छैनन् । इन्स्टाग्राममा सचिनको भिडियोमा पनि राम्रो दर्शक पाइरहेका छन् ।

एक प्रयोगकर्ताले भिडियो हेरेर ‘सचिनजी म तपाईंको ठूलो फ्यान हुँ, किनकी सुशान्त मेरो मनपर्ने कलाकार थिए’ भन्दै प्रतिक्रिया लेखेका छन् । सचिनको एक भिडियोलाई मानिसले निकै मनपराएका छन् । जसमा उनी सन् २०१३मा रिलिज सुशान्तको फिल्म ‘शुद्ध देसी रोमान्स’को शीर्ष गीतमा नाचिरहेका छन् ।