मेरो देश नेपालमा जम्बो कलाकार

काठमाडौं । नेपालका ख्यातीप्राप्त १६ जना कलाकारको स्वर रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई, प्रमोद खरेल, राज सिग्देल, अर्जुन पोखरेल, राजु परियार, मेलिना राई, कृष्ण काफ्ले, अनिता चलाउने, बुद्ध लामा, निसान भट्टराई, किरण भुजेल, अस्मिता अधिकारी, प्रबिन बेडवाल, समिक्षा अधिकारी लगायतको स्वर रहेको छ ।

गीतमा अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । गायिका अनिता चलाउनेको प्रस्तुतिमा डिभाइन म्यूजिक तथा नेपसिनेको सहकार्यमा गीतको भिडियो तयार पारिएको हो । निर्देशक विधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा रुबिना अधिकारीसँगै गायकगायिका फिचर्ड छन् ।

राष्ट्रिय भावना समेटिएकोे भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । भिडियोमा नेपालीको दैनिकी र यसको सेरोफेरोसँगै देशप्रतिको माया देखाइएको छ । निर्देशक कार्कीले गत महिनामा मात्र करीब ४ वटा भिडियो निर्देशन गरिसकेका छन् ।