तीजैमा के गर्दैछन् दुई म

काठमाडौं । हिन्दु नारीहरुको महान पूर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । दुई म गायिका अर्थात् गायिका मन्जु पौडेल र गायिका मीना निरौलाले तीज गीत ‘तीजैमा’ को भिडियो सार्वजनिक गरेका छन् ।

गायिकाद्वयले गीतलाई मौलिकतासँगै आधुनिकतामा पनि ढालेका छन् । गायिका मन्जु पौडेलको संगीत एवं दिग्गज द्यौरालीको शब्द रहेको यस गीतमा निरज श्रेष्ठको संगीत संयोजन छ ।

भिडियोमा गायिकाद्वय मन्जु र मिनासँगै इन्दु, रश्मी र भावना फिचर्ड छन् । दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको भिडियोमा नवीन घर्तीमगरको सम्पादन छ । भिडियोलाई बीएमएस फिल्म्स्बाट सार्वजनिक गरिएको हो ।