मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडा प्रहरी अनुसन्धानमा पर्ने भएका छन् । मुम्बई प्रहरीले चाँडै नै उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन लागेको हो । फर्जी सामाजिक सन्जाल फलोअर्सको मामलामा फिल्म उद्योगका यी दुई दिग्गज अभिनेत्रीसँग प्रहरीले सोधपुछ गर्न लागेको हो ।
मुम्बई प्रहरीले सामाजिक सन्जालमा फर्जी फलोअर्सको घोटालाको जाँच गरिरहेको छ । यो मामलामा दीपिका र प्रियंकाका साथ साथ करिब १ सय ७५ हाइ प्रोफाइलका व्यक्तिको सामाजिक सन्जाल खाताको जाँच र सोधपुछ गर्ने सम्भावना छ ।
दीपिका र प्रियंका सामाजिक सन्जालमा सबैभन्दा बढी फलो गरिएका भारतीय स्टार हुन् । ट्विटर र इन्स्टाग्राम गरी दीपिकाको ७८ मिलियन बढी फलोअर्स छन् । जबकी प्रियंकाको ८१ मिलियन बढी फलोअर्स छन् ।