गोप्य अंगमा मास्क लगाएपछि…

लण्डन(एजेन्सी) । सेन्ट्रल लण्डनको एक लोकप्रिय सपिङ स्ट्रीटमा गत शुक्रबार साँझ एक व्यक्ति विना कुनै उद्देश्य करिब–करिब नग्न अवस्थामा घुम्दै गरेको भेटिए । ती व्यक्तिले आफ्नो नग्नता छोप्नका लागि शरीरको गोपिनय अंगलाई मास्कले छोपेका थिए । उनको छेउ भएर हिँडिरहेका व्यक्तिहरु चकित, खुशी र अचम्मित भइरहेका थिए ।

ती व्यक्ति अक्सफोर्ड स्ट्रीटमा निर्लिप्त भावले यताउता निकै लामो समयसम्म घुमिरहे । उनले अगाडिको गोप्य अंगमा हल्का निलो रंगको फेस मास्क लगाएका थिए ।

त्यहाँ उपस्थित केही व्यक्तिहरु आफ्नो मोबाइलमा उनको तस्बिर खिचिरहेका थिए भने केही व्यक्तिहरु चाहिँ उनलाई घुरेर हेरिरहेका थिए । तर उनी किन यसरी नांगै घुमिरहेका छन् भन्ने कुराको कारण खुल्न सकेको छैन ।