रुपकको गीतमा एक्लो जीवन

काठमाडौं । गायक रुपक डोटेलको स्वरमा रहेको नयाँ गीत ‘एक्लो जीवन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा हरिबहादुर बस्नेतको शब्द तथा शक्ति बल्लभको संगीत छ ।

भिडियोमा दिनेश केसी र कसिस दाहाल फिचर्ड छन् । रमेश कोइरालाले निर्देशन गरेको भिडियोमा रवि चन्द्रको छायांकन र जितेन्द्र राजोपाध्यायको सम्पादन छ ।

भिडियो ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।