राष्ट्रप्रेममा विनोदको कालापानी

काठमाडौं । रक गायक विनोद ढकालको स्वर, शब्द तथा संगीत रहेको गीत ‘कालापानी’ को भिडियो सार्वजनिक भएको छ । उनले यो गीत शास्त्र ब्याण्डमार्फत ल्याएका हुन् ।

होमवर्क रेकर्डस नेपालको प्रस्तुतिमा निर्माण भएको भिडियोमा स्वयम गायक ढकालको निर्देशन छ । ब्याण्डमा गायक विनोदसँगै ड्रम प्रिकसनमा सुन्दर महर्जन, बेस गितारमा श्याम महर्जन, लिड गितारमा दिपेश सिंह छन् ।

प्रमोद परियारको एरेन्ज तथा प्रदिप जोशीको मिक्सिङमा तयार भएको गीतको भिडियोमा अरुण अशोक कुमार तथा कुवेर तामाङको छायांकन, लक्ष्मण सुनारको सम्पादन छ । भिडियो गायक ढकालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।