अति भयो अतिमा गायकगायिकाको आक्रोश

काठमाडौ । गीतकार शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको ’इनफ इज इनफ’ अर्थात ‘अति भयो अति’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुको स्वर छ ।

देशमा राजनीति व्यवस्था परिवर्तन भए पनि सामान्ती सोच र संस्कारमा परिवर्तन आउन सकेको विषयलाई उठान गरिएको गीतमा देवेन्द्र क्षेत्रीको संवाद छ । गीतमा ‘इनफ इज इनफ’ अभियानलाई समेत जोडिएको छ ।

गीतले वर्तमान नेपालको वास्तविक दृश्य पेश गरेको गीतकार सुवेदी बताउँछन् । ‘देश यसरी नै चलेको छ, निर्मल पन्तहरु रोइरहेछन, कोरोनाले सबैलाई तहस नहस बनाउदा देश चलाउनेहरु पैसा कमाउन, सत्ता जोगाउनतिर लागेका खबर सुनिन्छ । बिगत देखि नै जनता मार्ने र मर्ने चलिरहेकै छ । यस्तै घटनाहरुले जन्माएको हो यो–गरिबको गीत, जहाँ मैले गरिब जनताले के के भोग्नु पर्छ भनेर उतार्ने प्रयास गरेको छु’, सुवेदीले भने ।