रणदीप अस्पताल भर्ना

मुम्बई(एजेन्सी) । अभिनेता रणदीप हुड्डा अस्पतालमा भर्ना भएका छन् । उनको एक ठूलो सर्जरी गर्नुपर्ने अस्पतालले जनाएको छ । रणदीपका एक साथीका अनुसार उनको शरीरको ठूलो सर्जरी गर्नुपर्नेछ । सर्जरी कुन अंगको गर्नुपर्ने केही खुलाइएको छैन ।

अभिनेता रणदीप बलिउडका फिट कलाकारमा पर्दछन् । अस्पतालमा भर्ना गर्नु अघि उनको कोरोना टेस्ट पनि गरिएको थियो । हालै मात्र रणदीपले आफ्नो जन्मदिन मनाएका थिए । जन्मदिनको अवसर पारेर उनले एक तस्बिर आफ्नो इन्स्टाग्राममा राखेका थिए । उनलाई जन्मदिनमा एक साइकल उपहार मिलेको थियो । उनले आफ्ना प्रशंसकलाई लकडाउन पनि जिम्मेवारीलाई पुनः शुरु गर्न आव्हान गरेका थिए ।

रणदीप पछिल्लोपटक हलिउड फिल्म ‘एक्सट्रेन्सन’मा देखिएका थिए । जुन फिल्ममा क्रिस हेम्सवर्थ प्रमुख भूमिका थिए । उनी चाँडै सलमान खानका साथ फिल्म ‘राधेः द मोस्ट वान्टेड भाइ’मा देखिँदैछन् । रणदीप अझ धेरै हलिउड फिल्ममा काम गर्न उत्साहित छन् किनकी उनले हलिउड ट्यालेन्ट एजेन्सीसँग सम्झौता गरेका छन् ।