८० वर्षदेखि नकाटिएको र नकोरिएको कपाल

हानोई(एजेन्सी) । भियतनामका एक ९२ वर्षका वृद्धको तस्बिर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । यी व्यक्तिले करिब ८० वर्षदेखि कपाल काटेका छैनन् । अहिले उनको कपाल ५ मिटर लामो छ ।

नगुयेन वान चेइन नामका यी व्यक्तिले आफ्नो कपालमा कहिल्यै काइयो पनि लगाएका छैनन् । कपाल लामो बनाउनु र काइयो प्रयोग नगर्नुमा उनको एक अनौठो विश्वास छ । उनले आफ्नो कपाल काटेमा मृत्यु हुने दाबी गर्दै आएका छन् । ‘भगवानले मानिसलाई जे दिएका छन्, त्यसलाई चलाउनु हुँदैन । भगवानले मलाई कपाल बढाउनु भनेर भन्नुभयो ।

चेइन नौ शक्ति र सात भगवानको पुजा गर्छन् । उनका अनुसार दुई कक्षासम्म पढ्दा उनी कपाल काट्दथे । त्यसपछि उनले कपाल नकाट्ने र काइयो नलगाउने निर्णय लिए । चेइन दुआ नामको एक नरिवल धर्ममा विश्वास गर्छन् । यो धर्मका संस्थापकले जिन्दगीभर नरिवलकै सेवन गरे । चेइनका पाँच छोरा उनको कपाल स्याहार्नमा सहयोग गर्छन् ।