नेपाली हुने दिलीपको चाहना

काठमाडौं । गीतकार यमप्रसाद आचार्यको गीत ‘नेपाली म हुन सकुँ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलको स्वर तथा दीपकराज विश्वकर्माको संगीत छ ।

म्युजिक भिडियोमा अभिनेता दिलीप रायमाझी फिचर्ड छन् । भिडियोमा उत्सब दाहालको छायांकन, विकाश दाहालको सम्पादन तथा प्रकाश धितालको कन्सेप्ट र निर्देशन छ ।