पूर्वेली भाकामा नभेटेको धेरै भो

काठमाडौं । पूर्वेली लोक भाकाको गीत ‘नभेटेको धेरै भो’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपेन्द्र रसाईली र रजनीको स्वर, एकराज विश्वकर्माको शब्द तथा दीपेन्द्र रसाइलीकै संगीत छ । गीतमा सचिन सिंहको एरेन्ज छ ।

भिडियोमा वर्षा केसी र बाबु थापा फिचर्ड छन् । भिडियोमा लोकेश थापाको मेकअप, नवराज पौडेलको प्रोडक्सन, अमृत सुनुवारको छायांकन, रविन्द्र खड्काको सम्पादन र रंग संयोजन तथा समन अधिकारीको निर्देशन छ ।

भिडियो रेस्क्यू क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।