बिहानीमा अर्जुनको संघर्ष

काठमाडौं । केही समय अघि युट्युबमा भाइरल भएका युवा अर्जुन विकको कथामा तयार पारिएको ‘बिहानी’को भिडियो सार्वजनिक भएको छ ।

सशान कँडेलको स्वर रहेको गीति भिडियोमा कथा,पटकथा, संवाद तथा निर्देशन पनि कँडेलकै छ । गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत छ भने एरेन्ज र ब्याकग्राउण्ड विनय कार्कीको रहेको छ ।

भिडियोमा अर्जुन विकसँगै उनका छोरा विकास विक फिचर्ड छन् । भिडियोमा श्रीमतिको भूमिकामा रक्षा बस्नेतको अभिनय छ । करिब १५ मिनेटको भिडियोमा बुद्ध थापाको छायांकन र विकास दाहलको सम्पादन छ ।