रुकुमेली प्रिन्शालाई दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौ । नेपाली प्रिन्शा खड्काले साउथ युरोपको बुल्गेरियामा अनलाइनमार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वलड २०२०’ मा दुई अवार्ड जितेका छन् । ७ वर्षिया प्रिन्शाले फस्ट रनरअप हुँदै ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधिसँगै ‘स्पेसियल अवार्ड अफ द फेस्टिभल’अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी अवार्ड’ पनि जितेकी छन् । आयोजक संस्था वल्ड फेस्टिवल फर ब्युटी ट्यालेन्ट एण्ड फेशनले विजेताको घोषणा गर्दै यो जानकारी दिएको हो ।

प्रिन्शाले गत वर्ष इजिप्टमा आयोजित अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउनसँगै ‘बेष्ट डान्सर अवार्ड’ जितेकी थिइन् । विश्वका विभिन्न देशबाट करिव ५० भन्दा बढी बालबालिकाले अनलाइनमार्फत उक्त प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि ‘सिल्भर प्रिन्सेस अफ द वल्ड २०२०’ जितेकी छिन । विश्वव्यापी कोभिड–१९ का कारण अवार्ड वितरण भने सन् २०२१ को जून १७ देखि २४ मा बुल्गेरियामा गर्ने जनाएको छ ।

रुकुमकी प्रिन्शाले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायतका उपा िजितिसकेकी छन् । हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । उनले नारायण रायमाझीको गीत ‘कारगिल भाग २’ भिडियोमा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छन् ।

प्रिन्शाको सम्पुर्ण कला, सृजनाको व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका थिए भने कार्यक्रमको कोर्डिनेट मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले गरेको थियो ।