मेरो कथामा लकडाउन पीडा

काठमाडौं । कोरोना महामारीका कारण लागु गरिएको लकडाउनले सर्वसाधारणमा पारेको प्रभावका विषयमा निर्माण गरिएको सर्ट फिल्म ‘मेरो कथा’ सार्वजनिक भएको छ । भाडामा बस्दै आएका एक युवा लकडाउनका कारण बेरोजगार भएपछि उसको परिवारमा परेको अवसरलाई फिल्ममा देखाइएको छ ।

सत्यराज चौलागाईंको अवधारणा, छायांकन र निर्देशन रहेको फिल्ममा प्रकाश बराइली, यज्ञप्रसाद चौलागाईं, सबि बज्राचार्य र शर्मिला चौलागाईंको अभिनय छ । फिल्ममा शान्ति चौलागाईं कास्टिङ निर्देशक, प्रकाश बराइलीको सम्पादन, सबी बज्राचार्यको निर्माण छ । फिल्ममा एक युवाले घरबेटीको तनाव, भान्सामा ग्याँस सकिएपछि श्रीमतिले गरेको ग्याँसको माग र बिरामी बाबुको औषधि सकिएपछिको अवस्थाले दिएको पीडालाई देखाइएको छ ।

निर्देशक चौलागाईंले लकडाउनका कारण जनताहरु रोगले भन्दा पनि भोकले मर्न सक्ने अवस्था आएको बताए । उनले आफूले फिल्ममार्फत जनताको पीडालाई प्रस्तुत गर्न खोजेको खुलाए ।