शरीर मोडिफाइ गर्न ६ हजार पाउण्ड खर्च

म्याड्रिड(एजेन्सी) । भनिन्छ, मानिसका लागि शौख ठूलो वस्तु हो । मानिसका शौख पनि अलग अलग किसिमका हुन्छन् । कोही शरीरमा ट्याटु खोपाएर आफूलाई अलग किसिमको सम्झन्छन् । तर जर्मनीका एक ३९ वर्षे युवाको शौख भने निकै अचम्मको छ । सैंड्रो नामका ती व्यक्तिले शरीरलाई मोडिफाई गरेर आफ्नो अलग पहिचान बनाएका छन् ।

सैंड्रोले आफ्नो शरीरको १७ भागमा मोडिफिकेसन गरेका छन् । यहीकारण सामाजिक सन्जालमा उनी मिस्टर स्कल फेस नामले चर्चित छन् । सैंड्रोले बडी मोडिफिकेसनका लागि ६ हजार पाउण्ड खर्च गरेका छन् । यो सबै खर्च उनको शरीरको १७ भागमा गरिएको परिवर्तनमा खर्च भएको छ । जर्मनीको फिन्स्टरवाल्डेनमा बस्ने सैड्रो अर्थात मिस्टर स्कल फेसले आफ्नो हात, टाउको र शरीरमा बदलाव गरिसकेका छन् ।

सन् २०१९ मा उनले सर्जरीको माध्यमबाट कानलाई हटाएका थिए र काटिएको कानलाई एक जारमा राखे । उनी चाँडै नै नाकको उठेको भागलाई पनि अलग गराउदैछन् । यसबाहेक नाक र कान छेडेर र टाटूका माध्यमबाट आफूलाई स्कलको जस्तो बनाउने प्रयासमा जुटेका छन् ।