गाउँघरमा रमाए साइली जोडी

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधान फिचर्ड ‘गाउँघरै रमाइलो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । साजन राईको स्वर तथा संगीत र रमेश कार्कीको शब्द रहेको गीतले आफ्नो माटो र माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघरको जीवन रमाइलो हुन्छ भन्ने भाव बोकेको छ ।

भिडियोमा गौरव र मेनुका गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका देखिएका छन् । यो जोडी गायक हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत ‘साइली’मा पनि उत्तिकै रुचाइएका जोडी हुन् ।

गीतमा सन्जीव बराइलीको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ छ । भिडियोमा किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेको निर्देशन, भुपेन्द्रकै छायांकन र अनिल रानाको सम्पादन छ ।