रियालाई २० वर्ष जेल सजाय हुनसक्ने

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूत मामलामा लागुऔषध मामला अगाडि आएपछि यसमा रिया चक्रवर्ती हिरासतमा गइसकेकी छन् । यो समय उनी मुम्बईको बायकुला जेलमा छिन् । यही बीचमा रियालाई २० वर्षको जेल सजाय हुने खबर बाहिर आएको छ । यो कुराको खुलासा एक एनसीबीका अफिसरले गरेका हुन् ।

‘एनसीबीसँग रिया चक्रवर्तीका विरुद्ध दह्रो प्रमाण छ । अहिले त रियाको जमानत अस्वीकार भइसकेको छ । त्यसकारण यो मुद्धा हालको अवस्थामा ट्रायलमा नै चल्नेछ । चार्जसिट फाइल गर्नका लागि एनसीबीसँग १ सय ८० दिनको समय छ । यो समयावधिमा एनसीबी लागुऔषधको व्यावसायिक परिणामको जाँच गर्नेछ । त्यसपछिमात्र एनसीबी अदालतमा प्रमाण पेश गर्नेछ’, ती अफिसरले भनेका छन् ।

उनले लागु औषधको व्यावसायिक परिणामको प्रयोग सही ठहरिएमा रियालाई २० वर्षको जेल सजाय हुने खुलाए । तर अनुसन्धानमा लागुऔषधको सानो परिणाम र मध्य परिणाम साबित भएमा त्यो सजाय कम हुने उनको भनाई छ ।

‘अहिले हामी ती बलिउड स्टारको नाम हटाउन सक्दैनौं, जसको नाम रियाले लिएकी छन् । अहिले छानबिन चलिरहेको छ । नतिजा प्राप्त नहुन्जेलसम्म कोही कलाकारको नाम लिन उपर्युक्त हुन्नँ,’ उनले भनेका छन् ।