पोर्न उद्योग छोडेको महिना दिनमै निधन

लसएन्जल्स(एजेन्सी) । अमेरिकी एडल्ट उद्योगकी पूर्व पोर्न स्टार जोई पारकरको निधन भएको छ । उनी २४ वर्षको थिइन् । उनका हुनेवाला हुलाहा जे केम्पबेलले यो कुराको जानकारी दिएका हुन् । उनको निधन गत शनिबार राती भएको थियो ।

उनको आकस्मिक निधनले उनका आफन्तलाई विक्षिप्त बनाएको छ । जोईका दुलाहाले गोफण्डमी नामक एक पेज बनाएर जोईका फ्यानहरुलाई उनको निधन भएको जानकारी दिएका हुन् । जोईको निधनको बारेमा यो पेजमा राखेपछि उनको अन्तिम संस्कारका लागि पैसा पनि जुट्ने काम भएको थियो । जोईले महिना दिन अघि मात्र पोर्न उद्योगबाट छोडेकी थिइन् । उनी परिवारका साथ नयाँ जीवन जिउन चाहेर पनि पोर्न उद्योग छोडेकी थिइन् । त्यहीकारण उनी टेक्सस आएर केम्पबेलसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

जोई सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । उनी प्रायः आफ्ना तस्बिरहरु फ्यानमाझ साझा गर्थिन् । उनको निधन के कारणले भएको हो भन्ने केही खुलेको छैन । केम्पबेलका अनुसार जोई राती सुतेपछि कहिल्यै उठिनन् । उनको मृत्युलाई आशंकाको घेरामा राखिएको छ । जोईले हालसम्म करिब सय पोर्न फिल्ममा काम गरेकी थिइन् । उनले सन् २०१४ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन् । टेक्ससमा बस्ने उनी पोर्न उद्योगमा करियर बनाउनकै लागि लसएन्जल्स गएकी थिइन् ।