खानेकुराका सौखिन टेलिभिजनका यी कलाकार

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनमा काम गर्ने कलाकारहरु खाने कुरामा निकै सौखिन छन् । यीमध्ये कसैलाई गोलगप्पे मनपर्छ त कसैलाई पिज्जा मनपर्छ । यीबाहेक अन्य परिकारका पनि उनीहरु शौखिन नै हुन् । यी कलाकारहरु आफ्नो डाइट प्लेनमा पुरा दिनको खानेकुरा खान्छन् ।

टेलिभिजन अभिनेत्री हिना खान आफ्नो फिटनेसलाई लिएर जहिल्यै गम्भीर छिन् । हिनालाई कश्मीरी वाजवान र मुलगई चिकन खाना निकै मनपर्छ । वाजवान चाख्नका लागि हिना जहिल्यै तयार हुन्छिन् ।

टेलिभिजन अभिनेता पार्थलाई पनि बिरयानी खान निकै मजा लाग्छ । उनी चिकन बिरयानी अगाडि परेपछि सबै कुरा बिर्सन्छन् । अभिनेत्री आशा नेगीलाई बाहिरको खाना निकै मनपर्छ । उनी प्रायः चकलेट खानाका लागि तयार हुन्छिन् । यसबाहेक उनलाई बटर चिकन, सीफूड र चामल निकै मनपर्छ । उनी मसलेदार खानेकुरा झनै मिठो मानेर खान्छिन् ।

अभिनेता करण वाही सामाजिक सन्जालमा निकै सक्रिय छन् । उनलाई इटालियन खाना निकै मनपर्छ । इटालियन खाना खानकै लागि उनी जहाँ पनि पुग्छन् ।
अभिनेत्री साना सनाया ईरानी आफ्नो फिटनेसलाई लिएर निकै सक्रिय छिन् । उनी एक नम्बरकी खन्चुवी छिन् । उनी आफ्नो फिटनेसलाई लिएर सचेत छिन् । सनाया गोलगप्पे र सेवपुरीमा ज्यान नै दिन्छिन् । यसबाहेक उनी घरका खानामा बढी ध्यान दिन्छिन् ।