एक्लो यो रातमा आशिष र शिल्पा

काठमाडौं । गायक आशिष हल्क कार्कीको स्वरमा रहेको गीत ‘एक्लो यो रात’को भिडियो सार्वजनिक भएको छ । गायककै युट्युब च्यानल आशिष हल्क कार्कीबाट गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा आशिषकै शब्द र संगीत छ ।

अनुप चापागाईंले निर्देशन गरेको भिडियोमा आशिष र शिल्पा थापा फिचर्ड छन् । गीतमा श्याम स्वेत रसाईलीको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । भिडियोमा विष्णु कार्कीको निर्माण रहेको छ ।