अमेरिकामा अन्तरिक्षबाटै मताधिकारको सुविधा

न्यूयोर्क(एजेन्सी) । अमेरिकी नागरिकका लागि राष्ट्रपतिय चुनावको महत्व कति छ भन्ने कुरा नासाकी अन्तरीक्ष यात्री केथलिन रुबिन्सको भनाई सुने हुन्छ । उनले आफ्नो आगामी भोट स्पेस स्टेसनबाटै दिने योजना बनाइरहेकी छन् ।

रुसको स्टार सिटीमा मस्को बाहिर रुबिन्स हाल अक्टोबरको मध्यमा लन्चका लागि दुई अन्तरिक्ष यात्रीका साथ तयारी गरिरहेकी छन् । उनले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा ६ महिना बिताउनेछिन् । ‘मतदान गर्नु जोकोहीका लागि पनि आवश्यक छ भन्ने मेरो मान्यता छ । यदी हामी अन्तरिक्षबाट भोटिङको हिस्सा लिन सक्छौं भने मलाई पूर्ण विश्वास छ कि पृथ्वीमा रहेर पनि मताधिकार प्रयोग गर्न सकिन्छ’, उनले भनेकी छन् ।

अधिकांश अमेरिकी अन्तरिक्ष यात्रीहरु ह्युस्टनमा बस्दछन् । टेक्सासको कानून उनीहरुलाई सुरक्षित इलेक्ट्रिक मतपत्रको प्रयोग गर्दै अन्तरिक्षबाट भोट गर्ने अनुमति दिन्छ । मिसन कन्ट्रोलले मतपत्रलाई सबस्टेसनका लागि अगाडि बढाइसकेको छ । त्यसो त यो भन्दा अघि पनि अन्तरिक्ष यात्रीहरुले अन्तरिक्षबाटै भोटाधिकार प्रयोग गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपतिको चुनावका लागि नोभेम्बर ३ मा मतदान गरिनेछ । केट रुबिन्स सन् २००९ मा नासाको हिस्सा भएकी थिइन् ।