काठमाडौं । सहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित भिडियो फिल्म ‘देउमाईको किनारमा’का निर्माता तथा निर्देशक प्रेम शेर्मा माङजाबुङेको आइतबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ निर्देशक प्रेमको आइतबार बिहान १० बजे निजी निवास झापामा निधन भएको हो ।
२०५० सालमा छायांकन गरिएको फिल्म ‘देउमाईको किनारमा’ मा राजनीतिज्ञ तथा साहित्यकार प्रदीप नेपालको लेखन थियो । फिल्ममा प्रेम सुब्बा, शारदा शाक्य, राज थापा, चेसुङ चेम्जोङ, सुवास थापा, शम्भु केसीलगायतका कलाकारको अभिनय थियो ।
निर्देशक माङजाबुङको आइतबार नै सुनझोडा, मंगलबारेमा अन्त्येष्टि गरिएको छ ।