अञ्जुको दुख्ने मुटुमा राजदुत दम्पती

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘दुख्ने मुटु’को भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी दुबसुको शब्द रहेको गीतमा राजदुत दुबसु र उनकी पत्नी पुनम सुवेदीको अभिनय रहेको छ । भिडियोमा अभिनेता मिरुना मगर र अभिनेता ध्रुव दत्त पनि देख्न सकिन्छ ।

भिडियोमा सरदराज आरन, सम्झना आरन, तेजेन्द्र रेग्मी, सुधा शर्मा, राजकुमार गिरीको अभिनय रहेको छ । भिडियोमा अभिनय गर्ने कलाकारहरुमा मिरुना र ध्रुबबाहेकका ३ जोडी नै वास्तविक जोडी हुन् । भिडियो बेलायतका रमणीय स्थलहरुमा छायांकन गरिएको छ ।

गीतमा संगीतकार आलोकश्रीको संगीत छ भने कुशल श्रेष्ठको भिडियो निर्देशन र छायांकन छ ।