पुष्पको नेतृत्वमा पूर्वेली कलाकार संगठित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको विधानको परिच्छेद १, दफा ४ अनुसार नेपाल चलचित्र कलाकार संघ १ नम्बर प्रदेश शाखा गठन भएको छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा इटहरीमा सम्पन्न कलाकारहरुको भेलाले अभिनेता पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय तर्दर्थ समिति गठन गरेको छ ।

समितिको सह संयोजकमा दिनेश कोइराला र सदस्यहरुमा भीम लामा, जतिन ताम्राकार, माधव पौडेल खत्री, लेजिना सुवेदी, रेश्मा घिमिरे, प्रबलदीप विश्वास, नविन सुब्वा, रेखा लिम्वु, गणेश राउत, मिलन सुवेदी, हरिप्रसाद सुब्बा, मेघराज लिम्वु (गोपाल), श्याम कटवाल, इश्वर गुरुङ्ग, सुजन ढकाल, शारदा शाक्य, ममता चौधरी, धर्मेन्द्र आचार्य र तुलसी घिमिरे छन् ।

भेलाको सभापतित्व चलचित्र निर्देशक समाजका सचिव अरुणकुमार प्रधानले गरेका थिए । कार्यक्रममा चलचित्रकर्मी पर्शुराम चौधरीलगायत पूर्वाञ्चलका विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित थिए । नेपाल चलचित्र कलाकार संघको विधानले नेपाल राज्यभरी र प्रवासमा समेत शाखा खोल्ने ब्यवस्था गरेको छ ।

यसरी गठन भएका शाखाहरुले केन्द्रीय कार्यसमितिको वैठकवाट निर्णय भए पछि वा अनुमोदन भए पछि वैधानिकता प्राप्त गर्ने छन । विधानको ब्यवस्था अनुरुप नेपालका सातवटै प्रदेशमा शाखा खोल्ने प्रक्रिया तयारी भैरहेको पनि संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।