यादमा डुबे कमल

काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द सुदीप लम्सालको रहेको छ भने संगीत स्वयम् गायक कमल खत्रीको रहेको छ । गीतमा रिकेश गुरुङ किजको संगीत संयोजन छ ।

म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको अभिनय छ । पवन सुस्लिङको छायांकन र सम्पादन गरेको भिडियोमा गीतकार लम्सालकै निर्देशन छ ।

रचना लम्साल र पारस पोखरेलको लगानीमा भिडियो निर्माण गरिएको हो । आस्था मिडियाको युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।