पुष्प र चक्रको निरमाया बनिन् कविता

काठमाडौं । नेपाली लोक गीत ‘निरमाया’ सार्वजनिक गरिएको छ । अन्जु पन्त, रबिन गुरुङ र निश्चल गुरुङको स्वर रहेको यस गीत मंगलबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का, डान्सर कविता नेपाली तथा गायक तथा मोडल चक्र बमको अभिनय रहेको छ । गीत सुनिल परियारले एरेन्ज गरेका हुन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा प्रबिन भट्टको सम्पादन छ ।

सर्जक शिव हमालले एक महिना अघिमात्रै ‘झुम्का झलक्कै’बोलको लोकगीत सार्वजनिक गरेका थिए । हमालले डेढ दशक अघिदेखी सिर्जना गरेको दर्जनौं गीत लोकप्रिय छन् ।