खुशीको गीतमा रुकमान र वर्षा

काठमाडौं । इलामेली गायिका खुसी थुलुङको नयाँ गीत ‘कति मीठो राम साइला कुवाको पानी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा डिपी खनालको शब्द तथा विक्रम राईको संगीत छ ।

भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोलाई गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल खुुसी थुलुङबाट सार्वजनिक गरेकी छन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा पनि पूर्वेली फ्लेवर मिसाइएको छ ।

निसल पौडेलको छायांकन रहेको यस भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र रुकमान तेह्रथुमे ढाका बुटिकको पहिरनमा खुलेका छन् ।