बादशाहको दाम्पत्य जीवन संकटमा !

मुम्बई(एजेन्सी) । बलिउडका पाश्र्वगायक तथा र्यापर बादशाहको व्यक्तिगत जीवनमा खटपट शुरु भएको छ । उनी आफ्नी श्रीमति जस्मीनसँग केही समयदेखि सँगै छैनन् । सर्वसाधारणले उनीहरु कतै अलग्गिएका त छैनन् ? भन्ने अनुमान लगाएका छन् । कतिपयले यो दुरीलाई लकडाउनको कारण मानेका छन् । किनकी लकडाउन पछि जस्मीन पञ्जाबमा र बादशाह मुम्बईमा छन् ।

समाचार अनुसार केही वर्षदेखि यो जोडीको सम्बन्ध सुमधुर हुन सकेको छैन । यो विषयमा बादशाहले कुनै प्रतिक्रिया दिएका छैनन् । किनकी बादशाह निजी जीवनबारे मिडियामाझ खासै खुल्दैनन् । बादशाह र जस्मीनले सन् २०१५ मा विवाह गरेका थिए । दुवैको एक छोरी जेसेमी ग्रेस मसिह सिंह छिन् । जसको जन्म २०१७ को जनवरी ११ मा भएको थियो ।

गत वर्ष बादशाहले बलिउड फिल्म ‘खानदानी शफाखाना’बाट बलिउडमा अभिनेताका रुपमा डेब्यू गरेका थिए । यो फिल्मको प्रमोसनका समयमा उनले आफ्नो एक छोरी रहेको र उसलाई एडल्ट एजुकेसनका बारेमा जानकारी दिने गरेको बताएका थिए । किनकी यो फिल्म नै एडल्ट एजुकेसनको बारेमा थियो ।

बादशाहले ‘कूल इक्वल’ नामबाट संगीत उद्योगमा पाइला चालेका थिए । त्यसपछि उनले आफ्नो नाम बादशाह राखेका थिए । उनले सन् २००६ मा ‘यो यो हनी सिंह’सँगै माफिया मुन्दिरबाट आफ्नो करियर शुरु गरेका थिए । सन् २०१२ मा यो समूहसँग अलग भएपछि बादशाहले आफ्नो छुट्टै पहिचान बनाए । उनले हरयाणवी गीत ‘कर गई चुल’ गाए, जसलाई सन् २०१६ मा बलिउड फिल्म ‘कपूर एण्ड सन्स’ मा राखियो । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।