मानव जीवनलाई सञ्जीवको तारेमाम

काठमाडौं । गायक सञ्जीव सिंहको नयाँ गीत ‘तारेमाम’को भिडियो सार्वजनिक भएको छ । ‘चुलेसीमा’, ‘मेरी माया’, ‘गोरी यता सुनन’, ‘रमाइलो छ यो साँझ’ गीतका गायक सञ्जीवले २ वर्षको अन्तरालपछि ‘तारेमाम’ सार्वजनिक गरेका हुन् । गीतमा सुदीप सिंहको संगीत तथा प्रदीप सिंहको शब्द छ ।

स्टेरियो रेकर्डको प्रस्तुतिमा तयार भएको ‘तारेमाम’ बोलको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रुपेश थापाको छायांकन, विकास धमलाको सम्पादन छ ।

गीतमा गायक सिंहले काठमाण्डौको एक रैथाने यूवकको कथा बोलेका छन् । भिडियोमा निर्देशक खड्काले काठमाण्डौको रहनसहन, भेषभुषा र संकृतीलाई प्रस्तुत गरेका छन् ।