२०२० मा सुशान्तको सर्वाधिक खोजी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुत भलै यो दुनियाँमा छैनन् । तर उनको फ्यानले अझै पनि उनलाई बिर्सन सकेका छैनन् । यसको प्रमाण याहूले शेयर गरेको तथ्यांकलाई हेरे पुग्छ ।

याहूका अनुसार सन् २०२० मा सुशान्तलाई आम मानिसले इन्टरनेटमा सर्वाधिक खोजी गरेका छन् । भारतीयले बढीमात्रामा सुशान्तको व्यक्तिगत जीवन र उनीसँग जोडिएका कुरालाई इन्टरनेटमा सर्च गरेको जनाएको छ । त्यहीकारण ट्रेन्डिङ लिष्टमा सुशान्त शीर्ष स्थानमा पुगे ।

महिला सेलिब्रेटीमा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती शीर्ष स्थानमा छिन् । सूचीमा सुशान्तका अलावा यसै वर्ष निधन भएका इरफान खान, ऋषि कपूर र एसपी बालासुब्रमण्यम पनि छन् । जीवित स्टारमा अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान छन् ।

सूचीमा सुशान्तपछि क्रमैसँग अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान, इरफान खान, ऋषि कपूर, एसपी बालासुब्रमण्यम, सोनू सूद, अनुराग कश्यप, अल्लू अर्जुन छन् ।

त्यस्तै महिलामा रिया चक्रवर्ती, कंगना रनौत, दीपिका पादुकोण, सनी लियोनी, प्रियंका चोपडा, कटरीना कैफ, नेहा कक्कड, कनिका कपूर, करीना कपूर खान, सारा अली खान छन् ।