एभेन्जर्स निर्देशकको फिल्ममा धनुष

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका अभिनेता धनुष आफ्नो हलिउड करियरलाई अगाडि बढाउन तयार भएका छन् । उनी चाँडै एन्थोनी र जो रुसोको फिल्म ‘द ग्रे मेन’मा देखिँदैछन् । यो फिल्ममा रेयान गोस्लिङ र क्रिस इवास जस्ता चर्चित अनुहार देखिँदैछन् । नेटफ्लिक्सको यो फिल्म मार्क ग्रीनीको सन् २००९ मा आएको उपन्यास ‘द ग्रे मेन’मा आधारित छ ।

धनुष यो फिल्मको हिस्सा बन्ने बारे नेटफ्लिक्सले ट्वीटरमार्फत जानकारी दिएको छ । धनुषले पनि ट्वीटरमार्फत यो कुराको सार्वजनिक गरेका हुन् । ‘मलाई यो कुरा बताउदा खुशी भइरहेको छ कि म नेटफ्लिक्सको ‘द ग्रे मेन’मा जोडिँदैछु । यसमा रेयान गोस्लिङ र क्रिस इवास पनि छन् । यसलाई रुसो ब्रदस निर्देशन गर्नेछन्, जसले ‘एभेन्जर्स’, ‘क्याप्टेन अमेरिकाः विटर सोल्जर’ जस्ता फिल्मको निर्देशन गरेका छन्’, उनले ट्वीट गरेका छन् ।

यद्यपि उनको भूमिका कस्तो हुनेछ भन्नेबारे केही खुलाइएको छैन । धनुषले ‘अडूकलम’ र ‘रांझणा’ जस्ता हिट फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मको नयाँ कलाकार गत साता सार्वजनिक गरिएको थियो ।