खुशीका पलहरुमा बालबालिकाको खुशी

काठमाडौं । बालबालिका,असक्त तथा असहायलाई सहयोग गर्नुपर्छ भन्ने सन्देशयुक्त ‘खुशीका पलहरु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश शर्मा पौडेलको शब्द, सुवास भुसालको संगीत र पुरुषोत्तम सुवेदीको स्वरमा रहेको गीतको भिडियोमा फिल्म निर्देशक पुरन थापाको निर्देशन छ ।

संचिता पौडेलले निर्माण गरेको भिडियोमा संचिता स्वयम्, मनिषा रायमाझी, छायाँ भुजेल, शिखा सुवेदीलगायतको अभिनय छ । निशुल्क रुपमा बालबालिकाको जन्मदिन मनाउदै आइरहेको पिपल हाउस नामक संस्थाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा अनाथ बालबालिका तथा असहायको मुहारमा खुशी ल्याउने प्रयत्न गरिएको छ ।

विमल ढकालको छायांकन तथा ललीतसिंह साउदको सम्पादन रहेको भिडियोले बालबालिका, बृद्ध तथा असक्तलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको निर्देशक पुरनले बताए ।