जनकपुरे रेलमा सरर सरोज र आस्मा

काठमाडौं । गायक अनिल जोशी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जनकपुरे रेल’ बोलको गीतमा जगत तिरुवाले ¥याप हानेका छन् । गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा संगीत भरेका छन् । गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप–अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ ।

उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । भिडियोको निर्माता नवराज शर्मा हुन् ।  ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’को प्रस्तुतीमा निर्माण भएको म्युजिक भिडियो ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’ कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।