दीपिकाको सांगीतिक जुनीभरिलाई

धरान । धरानकी नवोदित गायिका दीपिका बस्नेतको गीत ‘जुनीभरिलाई’को म्युजिक भिडियो धरान १० स्थित होटल द रेबेल लन्जमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।

गायिका विष्णु चेम्जोङ्ग, गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए । उनीहरुले नयाँ प्रतिभाहरु भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरि अघि बढ्नुपर्ने र यस्ता कार्यक्रमहरुको आयोजना भैरहदा कलाकारहरुको हौसला बढ्ने बताए ।

रेडमुन इन्टरटेन्टमेन्टको निर्माणमा बनेको उक्त गीतमा रोशन प्रधानको शब्द, निकेन राईको संगीत र सम समीरको संगीत संयोजन छ । भिडियोमा कुमार भट्टराई र समिना राई फिचर्ड छन् ।

भिडियोमा प्रकाश लिम्बुको निर्देशक, एडम लिम्बुको छायांकन र सम्पादन छ । म्युजिक भिडियो रेडमुन इन्टरटेन्टमेन्टको युटयुव च्यानबाट पनि हेर्न सकिने गीतकार तथा निर्माता रोशन प्रधानले जानकरी दिएका छन ।