विनय र विनिताको जुनी बिताउँला

काठमाडौं । गायक विनय कार्की र गायिका विनिता पौड्याल सुवेदीको स्वरमा रहेको गीत ‘जुनी बिताउँला’ सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन, एरेन्ज, मिक्सिङ र मास्टरिङ गायक विनयले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन विनिता पौड्याल सुवेदीले नै गरेकी छन् ।

आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छांयाकन शिवराज भुर्तेल, सम्पादन र कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृंगार विनिता पौडेल सुवेदीले गरेकी छन् ।