सुनिताको बिजुली पानीमा लट्टे र फूलन्देकी आमा लठ्ठ

काठमाडौं । गायिका सुनिता दुलाल र गायक लेखनाथ आचार्यको स्वरमा रहेको गीत ‘बिजुली पानी’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रल्हाद सुवेदीको शब्द तथा लेखनाथ आचार्यको संगीत छ । कमल सुरागको एरेन्ज रहेको गीतमा एचबीएन किस्मतको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा उमेश राई ‘फूलन्देकी आमा’ र राजेन्द्र नेपाली ‘लट्टे’ फिचर्ड छन् । शिव विक निर्देशित भिडियोमा अजय रेग्मीको छायांकन, नविन निरौलाको सम्पादन र रंग संयोजन छ ।

भिडियो गायिका सुनिताकै युट्युब च्यानल सुनिता दुलालबाट सार्वजनिक गरिएको छ ।