निमेषले ल्याए अचानकै

काठमाडौं । गायक निमेष श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘अचानकै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि गायक श्रेष्ठकै रहेको छ भने बृजेश श्रेष्ठको संगीत संयोजन रहेको छ ।

भाइन भीमफेदीको अफिसियल युट्युबमार्फत सार्वजनिक भिडियोमा भाइन भीमफेदी, मिथुन लामा, बिसन दोङ्ग, अजय गोले, विशाल लामा, रोमियोजंग थापा, सिम्रन लामा र रविन मोक्तान फिचर्ड छन् ।

मिथुन लामा र विशन दोङ्गले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा त्रिलोक लामाको छायांकन तथा सम्पादन छ । सुर्य लामाले डिओपी र कलर संयोजन गरेका छन् ।