माकुरीमा युट्युब सिरिजका कलाकार

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका ¥यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को नयाँ गीत ‘माकुरी’ सार्वजनिक भएको छ । समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आरजेको र्याप छ । गीतमा शब्द नवराज कलाउनीको छ भने मिस्टर आरजेले नै संगीत भरेका छन् । गीतमा एरेन्ज मोहित मुनालको रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समयका युवामाझ लोकप्रिय कलाकारहरुलाई देख्न सकिन्छ । बिशेषगरी युट्युवका सिरिजहरुमा मन पराइएका जिबेश गुरुंग, यस्तै युट्युवमा प्रयांक गरेर चर्चामा आएका एलिस राई, यस्तै हास्य टेलिसिरियल सक्किगोनीका लोकप्रिय कलाकार हरिश निरौला (कक्रोज), मोडल उषा उप्रेती र टुईन्स गर्ल समारिका र स्मारिका ढकालको अभिनय रहको छ । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ ।

यस गीतमा गायिका रोशनीको लगानी रहेको छ । यसअघि केहि गीत गाउनु भएकी रोशनीले मिस्टर आरजेको टिमसँग काम गर्न पहिल्यै देखी इच्छा भएकाले अहिले सपना पुरा भएको बताए । मिस्टर आरजेले पनि आफ्नो केहिसमय पछिको आशलाग्दो प्रोजेक्टको रुपमा यस गीतलाई लिएको बताएका छन् ।

प्रोस्ट प्रोडक्सनको काम नेप्सिने फिल्म स्टुडियोले गरेको हो भने भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोको सहायक निर्देशकमा मनिषा पोखरेल छिन् । भिडियोमा हरि हुमागाईंको छायांकन, विकास धमलाको सम्पादन र राजेन्द्र मोक्तानको रंग संयोजन छ ।